कञ्चनपुरका तीन विद्यार्थी नेता अखिल क्रान्तिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्यमा प्रेम रावल, गणेश राज मिश्र सु.प विश्व विद्यालय भुगोलबाट केन्द्रिय सदस्यद्वय हेमन्त अवस्थी निर्वाचित भएका छन । रावलले आफ्ना निकटतम प्रतिस्पर्धी राजेन्द्र भट्टलाई ४५मतको अन्तरले हराउँदै केन्द्रीय सचिवालय सदस्यमा निर्बाचित भएका छन । रावलले ९९ र भट्टले ५४मत ल्याएका छन ।
गणेशराज मिश्रले आफ्ना निकटतम प्रंतिस्पर्धी नविन सन्जाललाई २६मतको अन्तरले हराउँदै निर्वाचित भएका छन । मिश्रले १२० र राजेन्द्र भट्टले ९४मत ल्याएका छन । यस्तै केन्द्रीय सदस्य हेमन्त अवस्थीले आफ्ना निकटतम प्रतिस्पर्धी घिरेन्द्र सहकारीलाई २४मतको अन्तरले हराउँदै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन ।