चन्द्रपुुर नगर उद्योग वाणिज्य संघमा चार दलीय गठबन्धनलाई पराजित गर्दै (रास्वपा) निकट उम्मेदवार सापकोटा झन्डै दोब्बर मतले निर्वाचित

चन्द्रपुुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा चार दलीय गठबन्धनलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट उम्मेदवार उदय नारायण सापकोटा झन्डै दोब्बर मतले निर्वाचित भएका छन्।

पूर्वप्रधानमन्त्री माधव नेपाल, प्रभु साहलगायतका चर्चित नेताहरुको निर्वाचन क्षेत्र रहेको रौतहटमा कांग्रेस-एमालेलगायत चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट सापकोटा अध्यक्षमा निर्वाचित भएका हुन ।

यस्तै रास्वपा सभापति रवि लामिछानेमाथि राजनीकि प्रतिशोध भएको भन्दै रास्वपाले देशव्यापी रुपमा हस्तक्षर अभियान चलाइरहेका बेला चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा रास्वपाले सफलता पाएको हो ।

अध्यक्षमा निर्वाचित सापकोटाले ५ सय २ मत प्राप्त गर्दा उनका पप्रतिद्वन्द्वी चार दलीय गठबन्धनमा साझा उम्मेदवार सुनिल साहले मात्र २ सय ६९ मत प्राप्त गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *