बैतडी, बैतडी जिल्ला दशरथचन्द नगरपालिका वडा न. १ (गुरुखोला) निवासी हाल कतारमा काम गर्दै आएका २६ बर्षिय टेकेन्द्र धामी कतारबाट फर्किने क्रममा बाटोमा दु:खद निधन भएको छ।
उहाँ कतारबाट गत २३ गते दिल्ली पुगेका थिए त्यही बाटो महेन्द्रनगर आउने क्रममा मुरदावाद भन्ने ठाउमा गाडी रोकि पिसाब गर्न भनी बाहिर गएको र धेरै समयपछि सम्म गाडिमा नआउदा बाहिर खोज तलास गर्ने क्रममा उहाँ मृत अवस्थामा भेट्टिएको उहाको आफन्तले बताउनु भयो। उहाँ पहिले पनि मानसिक रोग बाट पिडित थिए, मृत धामिको घरमा श्रीमती र सानो एउटा छोरि छिन। अहिले एक युवाको अकल्पनीय निधन भएकाले पुरै गाउँ सोकमा डुबेको स्थानीयहरुले जानकारी दिए।