बैतडी, राष्ट्रिय स्वतन्त्र पार्टी बैतडी जिल्लाको मासिक बैठक आज सम्पन्न भएको छ। जिल्ला सभापति भिम नाथको सभापतित्व र विधेयक मन्थन बिभाग केन्द्रिय सदस्य भोज राज जोशीको प्रमुख आतिथ्यतामा सबै पालिकाहरुको सहभागितामा पार्टी कार्यालय साहिलेकमा बसेको पुर्ण बैठकले खाली पदपुर्ती र अगामि दिनमा संगठन बिस्तारको योजना बारे छलफल भएको जिल्ला संयोजक भिम नाथले बताउनु भयो।
यसै गरि जिल्लाको rapid action team (RAT) को संयोजकमा चन्द्र सिंह धामी चयन भएको जिल्ला सचीव हरिस जोशिले जानकारी दियो।