ब्राइटवे इन्टरनेसनल एजुकेसनको १२ औ वार्षिकोत्सब भब्यतासाथ सम्पन्न

काठमाडौं – ब्राइटवे इन्टरनेशनल एजुकेशनले आफ्नो १२औं वार्षिकोत्सव भव्यतासाथ मनाएको छ। यस अवसरमा प्रमुख अतिथि, श्री सुमन खतरी (Business Development Director, ANE, Australia) ले समारोहमा उपस्थित भएर प्रेरणादायक शब्दहरू प्रस्तुत गर्नुभएको थियो। उहाँको उपस्थितिले कार्यक्रमलाई अझ विशिष्ट र स्मरणीय बनायो।

संस्थाका Managing Director Mr. Drona Bikram Thapa ले विद्यार्थीहरूको सफल भविष्य निर्माणका लागि अझ प्रभावकारी कार्यक्रम र सेवाहरू प्रदान गर्न कटिबद्ध रहेको बताए। उहाँले थपे, “हामी सबैको सहकार्य र मिलनसारिता मार्फत, आगामी दिनहरूमा अझ उज्ज्वल भविष्य निर्माणका लागि काम गर्दै जाने छौं।”

संस्थाका Executive Director, श्री जीवन गिरीले भने, “हामी नयाँ विद्यार्थीहरूलाई विदेश अध्ययन, IELTS, PTE, र तयारी कक्षाका लागि ५०% छुटको प्रस्ताव प्रदान गर्न कटिबद्ध रहेको छौं। यो अवसरलाई फाइदा उठाई विद्यार्थीहरूले आफ्नो भविष्यलाई अझ उज्जवल बनाउन सक्नेछन्।”

उहाँले थप्नुभयो, “विद्यार्थीहरूको व्यक्तिगत विकास र उच्च गुणस्तरीय शिक्षा सुनिश्चित गर्न हामीले प्रविधिमैत्री शिक्षण विधि र परामर्शलाई अझ बलियो बनाउने छौं। साथै, विद्यार्थीहरूलाई विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको सहकार्यबाट थप अवसरहरू प्रदान गर्न नयाँ साझेदारीको खोजीमा पनि निरन्तर क्रियाशील हुनेछौं।”

CEO अनुषा सिंहले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भनिन्, “हाम्रो १२ वर्षको यो यात्रा दृढ संकल्प, कडा परिश्रम र विद्यार्थीप्रतिको समर्पणको प्रतिफल हो। आगामी दिनहरूमा, हामी नवीन विचार, अत्याधुनिक प्रविधि, र विद्यार्थीहरूको बहुआयामिक विकासका लागि थप क्रियाशील हुनेछौं। हाम्रो उद्देश्य केवल शैक्षिक सफलता प्रदान गर्नु मात्र नभई, हरेक विद्यार्थीलाई आत्मनिर्भर र आत्मविश्वासी बनाउन प्रेरित गर्नु हो।”

उहाँले थप्नुभयो, “विद्यार्थीहरूको सपना साकार पार्नको लागि हामीले आगामी दिनमा थप अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्नेछौं र शैक्षिक सेवामा विश्वस्तरीय मापदण्डहरू अपनाउनेछौं। विद्यार्थीहरूको जीवन परिवर्तन गर्न हामी सदैव प्रतिबद्ध छौं, र हाम्रो टिमले निरन्तर परिश्रम गर्दै उत्कृष्ट परिणाम प्रदान गर्नेछ।”

संस्थाका सबै सम्मानित साझेदार, विद्यार्थी र मित्रहरूलाई धन्यवाद दिन चाहन्छौं जसले यस महत्वपूर्ण अवसरमा साथ दिनुभयो र हाम्रो यात्रा भरि स्थिर समर्थन पुर्याउनुभयो। तपाईंहरूको विश्वास र हौसला नै हाम्रो सफलताको आधार बनेको छ।

यस महत्त्वपूर्ण अवसरमा हामी सबैसँग मिलेर यो उपलब्धि मनाइरहेका छौं र आगामी सफल वर्षहरूको प्रतीक्षामा छौं।

ब्राइटवे इन्टरनेशनल एजुकेशनले १२ वर्षको यात्रामा सफलता हासिल गर्दै, भविष्यमा पनि अझ प्रभावकारी सेवा र कार्यक्रमहरूको साथ विद्यार्थीहरूको भविष्य निर्माणमा योगदान पुर्याउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *