कंचनपुर, कंचनपुर जिल्लाका पुर्व साहयक जिल्ला अधिकारी तथा हाल कंचनपुर निर्वाचन प्रमुखमा कार्यरत उदयराज जोशीको हृदयघातका कारण मृत्युु भएको छ। उप सचिवको परिक्षा दिन काठमाडौ गएका जोशी परिक्षा दिएपछी राती सुतेको अवस्थामा बेहोस भएको र साथिहरुले अस्पताल सम्म लग्दा दिमागको नसा र मुटुले काम गर्न छोडेपछी हिजो राती करिव ११ बजे अस्पतालले मृत घोषणा गरेको थियो। उहाको शव काठमाडौबाट महेन्द्रनगरको लागि ल्याइदै छ, भोलि बिहान ८ बजे भिमदत्त नगरपालिका वडा न. १ बाराकुण्डा बाट भोजेला घाटसम्मको शव यात्रा रहने र महाकालीमा अन्त्येष्टि गरिने परिवारको स्रोतले जानकारी दिएको छन। एउटा होनहार युवा गुमाउदा पुरै गाउँ र कंचनपुरवासी सोकमा डुबेका छन।
कंचनपुर निर्वाचन प्रमुख जोशिको अन्त्येष्टि भोलि महाकालीमा हुने बिहान ८ बजेबाट शवयात्रा
