गाउँमा मलामी न पाउँदा आमाको शव कुरेर बस्दै बैतडीका प्रकाश।

बैतडीको सिगास गाउँपालिका– १, अङडेगाडाका प्रकाश दमाईं (टेलर) गाउँकै भूमिराज आधारभूत विद्यालयका शिक्षक हुन् । सबै समुदाय र जातका बालबालिकाको भविष्य निर्माणका लागि दलितको छोराको शैक्षिक योगदान सर्वमान्य नै छ । तर, आफ्नी आमाले प्राण त्याग्दा घाटसम्म शव पुर्‍याउन उनले मलामी पाएनन् । 

शनिबार बिहान ११ बजेतिर प्रकाशकी आमा ६१ वर्षीया मानाको मृत्यु भएको थियो । मानाको मृत्युको खबर गाउँभर पुग्यो । गाउँले उपस्थित पनि भए, तर उनको शव उठाएर मलामी जान कोही तयार भएनन् । अन्य समुदायका मात्रै होइन, दलित समुदायकै अन्य जातका पनि शव छुनसम्म अगाडि सरेनन् । आङडेगाडामा झन्डै ६५–७० घरधुरी छन् । दमाईं जातिमा प्रकाशको एक घर मात्रै छ । परिवारमा प्रकाशका बुबा जयराम, प्रकाशकी श्रीमती र चार सन्तान छन् । गाउँमा गैरदलितसँगै दलित समुदायकै विश्वकर्मा, नेपाली, लोहारलगायत जात पनि छन् । ३५–३६ वर्षअघि बैतडीकै भूमेश्वर गाविस (हाल पाटन नगरपालिका)बाट यहाँ बसाइँसराइ आएको टेलर परिवारले मृत्युजस्तो शोकको घडीमा पनि मलामी नपाएर सामाजिक अन्याय भोग्नुपरेको छ ।

प्रकाशले गाउँमा कोही शव उठाउन तयार नभएपछि कञ्चनपुरको महेन्द्रनगर र दोधाराचाँदनीबाट काकाका छोराहरू बोलाएको बताए । महेन्द्रनगरबाट श्याम टेलर र दिनेश टेलर तथा दोधाराचाँदनीबाट नवीन टेलर र गोपाल टेलर हिँडिसकेको उनले बताए । ‘आमा बिहानै ११ बजेतिर बित्नुभयो, तर जातकै कारण शव उठाउने मान्छे पाइएन । त्यसैले आफ्ना दाजुभाइ बोलाएर दाहसंस्कार गर्न लागेको छु,’ उनले भने, ‘कञ्चनपुरबाट काकाका छोराहरूलाई बोलाएको छु, सम्भवतः उहाँहरू आइतबारसम्म आइपुग्नुहुन्छ होला । त्यसपछि दाहसंस्कारको काम अघि बढ्नेछ । यसै बारेमा विभिन्न ब्यक्तिहरुले समाजिक संजालमा विभिन्न टिप्पणीहरु गरेका छ, स्थानीय जय चन्द आफ्नो फेसबुकमा लेख्नुहुन्छ :- दलित वर्ग मै यतिको मतभेद लाज लाग्यो बैतडी जिल्ला दलित संघ देखेर। हामि सबभन्दा पहिले मानव हौ जात आफ्नो ठाउमा राखौ। आज यो घटनाले एकदमै दिल दुख्यो 😭

✍️भनिन्छ जातिय विभेद अन्त्य गर्नुपर्छ तर यहा त जातिय विभेद सुरूवात भएको देखिन्छ। आज यस्तो दिन आयो एउटा गाउँका गरीव दलितले आफ्नो आमा को मलामी जाने व्यक्तिहरू पनि‌ पाउन सकेका छैनन।तर आज मृत आमाको आत्माले पनि भन्दै होला यो धर्तीमा मैले जन्म लिनु नै गलत थियो। छोरा लाई के महसूस भयो होला। यो घटना हो बैतडी जिल्लाको सिगास गाउँपालिका वार्ड नं ०१ अंडेगाडा भन्ने ठाउका स्थानीय प्रकाश टेलर दमाईको आफ्नो मृत आमाको पार्थिव शरीर दाहसंस्कार का लागि लैजाने मलामि नपाउदा घरको आँगनमा आमाको शव कुरेर बस्नु पर्ने बाध्यता आएको थियो। उहा गाउँकै एक्लो दमाई परिवार भएकाले मृतक ६१ वर्षीया माना टेलरको शवलाई बोकेर जातिय विभेद कै आधारमा मलामी जान कोही तयार नहुँदा यस्तो समस्या आएको रहेछ। हामि दलित भनेर हेपिए भनेर जातिय भेदभाव अन्त्य गर्नुपर्छ भनेर हिडेका दलित वर्ग मै कतिको मतभेद रहेछ भन्ने स्पष्ट हुन्छ। यो एकदम दुःखदायी आवस्था छ। कुनै व्यक्तिलाई यस्तो अवस्था आएछ भने एउटा दलित वर्ग मात्र नभई हृन्दु धर्म लाई सिरमा राख्दै एक मानविय नाताले हामि कसैले पनि कसैको पिडामा सहायता गर्नु कुनै गलत नहोला जस्तो लाग्छ मेरो विचारमा। तर आज दलित वर्ग लेनै यतिको भेदभाव गर्छन भने किन जातिय भेदभावको बिरुद्द बोल्नु हुन्छौ ? एकजना दलितको आमा बित्दा त यतिको जातिय मतभेद भयो ठीक छ।तर एकजना डक्टर द्वारा त कहिल्यै भनिदैन मत वाहमुन,क्षेत्रि हु दलितको उपचार गर्दैन नत दलित डक्टर द्वारा भनिन्छ म आफ्नो जात बाहेक कसैको उपचार गर्दैन भनेर। एकजना चालकले त कहिले भेदभाव गर्दैन। एकजना राष्ट्र सेवक द्वारा त कहिल्यै भेदभाव गरीदैन कुनै क्षेत्रिका छोरा/ छोरी सिपाही छन कुनै ठाँउमा दलितहरू माथि घटनाहरू घटिहाले अनि दुःखद मृत्यु हुन भयो भने उहाहरूले दलित को सव उठाउदैन कहिले भनेको सुनिदैन।नत दलित वर्ग द्वारा नै। यो घटना एक सम्वेदनशील विषय हो यस विषयमा बैतडी जिल्ला दलित संघ द्वारा विचार गरीयोस आउने दिनहरूमा कुनै पनि वर्ग संग यस्ता घटनाहरु र समस्या उत्पन्न नहोस्। हामि सबै मानव हौ अलि धर्म संगैको जातिय संस्कार बोकेर मानवता भन्ने सिख लिनुपर्छ।
साथै मृत आमा प्रति भावपूर्ण श्रदान्जली परीवार जन प्रति गहिरो समवेदना 🌹

Leave a Reply

Your email address will not be published. Required fields are marked *