गायक नवराज कलौनीको “कान्छो देवर” सर्वाधिक लोकप्रिय हुदै..

“कसैलाई चुडि कसैलाई कङगन, तोखिलाई घडि ल्याईरैछ, तेरो कान्छो देवर घर आईरैछ।”
गायक नवराज कलौनीको यस गितले टिकटक, रिल र युट्युबमा तहल्का पिटेको छ।
अष्ट्रेलियामा तयार पारिएको यो गित अहिले सर्वाधिक लोकप्रिय बनेको छ। कलौनीको स्वर रहेको यस गितमा शब्द सङकलन, नविन सिङ धामि र गायक कलौनीको रहेको छ भने भिडियो जे.आर. भट्टको टिमले तयार पारेको हो।
नवराज कलौनी युटुबमा प्रकाशित भएको यस गितले २ लाख १० हजार युटुबमा भ्युज पार गरिसकेको छ भने १० हजार भन्दा बढि टिकटक बनेको यो गित रिलमा पनि लाखौ पटक हेरिएको छ।

यस अघि पनि गायक नवराजका ”बेहुलो सिपाहि” , “बनारसको साडि” , “चना पकौडि” , “जौ पात” जस्ता गित मिलियन भन्दा बढि हेरिएका छन। उनको आधुनिक गित “घुम्तिमा रेल” ले १ करोड ५० लाख बढि भ्युज सङकलन गरेको छ। आफ्ना सिर्जना बाट कलौनी लोकप्रिय बनेका छन। उहाको भिडियोको लिङ्क तल रहेको छ। https://youtu.be/OFmxpOAbVow?si=tK_zEVZk_ZbuexsP

Leave a Reply

Your email address will not be published. Required fields are marked *