डोटेली भाषाको ” हैला बुदि” गीत चर्चामा…

पछिल्लो समय डोटेली भाषामा गाइएका गीतहरूबाट चर्चित बनिरहेको रातोतातो स्टेसनले आफ्नो नयाँ गीत ‘हैला बुदी’ भिडियोसहित सार्वजनिक गरेको छ। डोटेली भाषा र सङ्गीतलाई प्रवर्द्धन गर्दै आएको रातोतातो स्टेसनले यस गीतमार्फत पुनः दर्शक तथा श्रोतामाझ चर्चा बटुल्ने अपेक्षा गरिएको छ।

रातोतातो स्टेसनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा प्रमुख कलाकारका रूपमा रोहित साउद, नीरज भण्डारी र सुरज भण्डारी रहेका छन्। उनीहरूको उत्कृष्ट अभिनयले गीतलाई अझ जीवन्त बनाएको छ।

यस गीतले विशेष गरी ग्रामीण जीवनशैली, प्रेम र हास्य रसलाई प्रस्तुत गर्ने प्रयास गरेको छ। शब्द, लय तथा सङ्गीत संयोजनले डोटेली मौलिकतालाई जोगाउँदै श्रोतामाझ नयाँ तर रमाइलो प्रस्तुति दिने प्रयास गरेको देखिन्छ।

यस गीतको स्वर, सङ्गीत तथा रचना रोहित साउदले गरेका छन्। उनको सिर्जनाले गीतलाई थप आकर्षक बनाएको छ।

रातोतातो स्टेसनले यसअघि पनि विभिन्न डोटेली गीतहरू प्रस्तुत गर्दै आएको छ। रातोतातो स्टेसनका गीतहरू दर्शक तथा श्रोताले अत्यधिक मनपराउने गरेका छन्।

‘हैला बुदी’ गीतले छोटो समयमै राम्रो प्रतिक्रिया पाउने अनुमान गरिएको छ।
Full Video.

Leave a Reply

Your email address will not be published. Required fields are marked *