पवन औजी ।
कंचनपुर स्थित महाकाली प्रादेशिक अञ्चल अस्पतालमा म्याद नाघेका औषधिहरु बिक्री भइरहेको पाइएको छ। डेक्सारेस्ट २५ युरोपोर्ट औषधि किन्दा म्याद नाघेको औषधि पाइएको हो ।
औषधि किन्दा आफुले मिति हेर्दा म्याद नागेको थाहा पाएको बिपिन जोशीले जानकारी दिनु भयो । उहाले आफुले आफन्तला लागि औषधि किन्दा म्याद नाघेको औषधि दिदा दुखित भएको र यस्तो हर्कत प्रशासनले गर्दा सेवाग्राही दुखमा पर्ने गरेको समेत बताउनु भयो ।
साथै अस्पताल जादा कतिपय डाक्टर समेत भित्र न भेटिने तर बाहिर बाहिर आएर मेडिकलमा सोध्दा पैसा तिर्दा एकै छिनमा डाक्टरहरु भेटिने भन्दै सेवा ग्राहिले आक्रोश सङ्गै दु:ख पोख्ने गरेको समेत पाइएको छ ।
यस्तै सरकारी अस्पतालमा लापरबाही बढ्दै गएको र अनुगमनमा समेत कमि भएकाले यस्तो हुने गरेको भन्दै सेवा ग्राहिले आक्रोश व्यक्त गरेका छन । स्वास्थ्य जस्तो संबेदनसिल क्षेत्रमा लापरबाही नगर्नुपर्ने र यसमा संबंधित निकायको ध्यानाकर्षण हुनुपर्ने सेवाग्राहीको माग रहेको छ ।