धनगढीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका बैतडीको दोगडा केदार गाउँपालिका २ कफलकोट (पातली) गाउका २० वर्षीय युवक विनोद महराको उपचारको क्रममा मृत्यु भएको छ।
११ गते कैलालीको धनगढी उपमहानगरपालिका राजपुर चोकमा राति करिब १० बजे मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका महराको धनगढीको माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका महराको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको थियो। उपचारको क्रममा हिजो बेलुका ७ वजेर ४० मिनेटमा डाक्टरले उनलाई मृत घोषणा गरेको उनका आफन्तले जानकारी दिए। उनी दोगडा केदार गाउँपालिका वडा नम्बर २ का पूर्व वडा अध्यक्ष दलबहादुर महराका छोरा हुन, यो अप्रिय घटनाले अहिले पूरा पातली गाउँ नै सोकमा डुबेको छ।