काठमाडौँ — काठमाडौंको रातोपुलस्थित किड्स क्याम्पस मन्टेश्वरीकी प्रिन्सिपल अनु अधिकारीको फोनमा एक दिन घण्टी बज्यो । नजिक रहेका बालबालिकाले चनाखोपूर्वक हेरे । मन्टेश्वरीको ग्राउन्डमै उभिएर फोन रिसिभ गरेकी उनले कुराकानी सकेकी मात्र के थिइन्, एउटा बालक खुर्रर दौडिएर उनी छेउ आए, फोन मागे ।
बालक शान्त त भए तर अधिकारीको मन शान्त हुन सकेन । उनी घोत्लिइन्, ‘१५ वर्षको अनुभवमा यस्तो कहिल्यै भएको थिएन । हिजोआज किन यस्तो छ ?’ ‘साना बालबालिकाको त के दोष ? अभिभावकले नै बानी लगाउनुभएको हुन्छ,’ साना बालबालिकामा परेको स्मार्टफोनको लतको विषयमा अधिकारीले आफ्नो अनुभव सुनाइन्, ‘हालै आफ्नी छोरीलाई भर्ना गराउनुभएका एक अभिभावकलाई, तपाईंको नानीले केही खान मान्दिनँ भनेर हामीले बतायौँ । उहाँले फोन देखायो भने ज्ञानी भएर खान्छे । फोन देखाएरै भए पनि खुवाइदिनु भन्नुभयो । बिग्रेकै यसरी हो ।’
किड्स क्याम्पसमा साढे २ देखि ६ वर्षका बालबालिका भर्ना छन् । अचेल स्क्रिन देखाएर छोराछोरी ज्ञानी हुन्छ भन्ने अभिभावक धेरै आउने गरेको अधिकारीले बताइन् । उनको जस्तो अनुभव सुनाउँछिन् बालरोग विशेषज्ञ डाक्टर निभा राजभण्डारी । उनका अनुसार एक अभिभावकले लगभग साढे ४ वर्षकी छोरी एबी (नाम परिवर्तन) लाई जाँच गराउन ल्याएका थिए । एबीलाई ‘युरिनरी ट्र्याक्ट इन्फेक्सन’ भएको रहेछ । उनलाई इन्फेक्सन निको हुने, बल्झिने भइराख्ने रहेछ । इन्फेक्सनको कारण डिहाड्रेसन अर्थात् पानीको कमी थियो ।
वर्गीकृत विज्ञापन
पोस्ट गर्नुहोस्
घर जग्गा
काठमाडौँ, किर्तिपुर नगरपालिका, भत्केपाटि क्षेत्रमा ३, ४.५ र ५ आनाका जग्गाबिक्रीमासम्पर्क: 9841788379
घर जग्गा
ककंनीमा सस्तो जग्गा ३ रोपनीसम्पर्क: ९८१३७२६६३६
घर जग्गा
सामाखुसीचोकबाट १.२किमि ग्रान्डि हस्पीटल जानेतर्फ टोखारोड धापासी (ग्रिनल्याण्डचो क)मा २४आना नविल बैकंभएको कमर्सियल भवनसहितसम्पर्क: ९८२३१०७१८१
चाहियो
सेक्युरिटी गार्ड तु.अर्जेन्ट १९०००– २३०००,सम्पर्क: ९८२३००५३८४
चाहियो
स्पाको लागि अनुभवी लेडिज मसाज थेरापिस्ट चाहियो तलब २२,०००/–सम्पर्क: 9841330025
निर्माण सफाई
सस्तोमा ढलमंगाल सेफ्टीट्यांकी जामखोल्नेसम्पर्क: 9851109635
‘एबीलाई मोबाइल हेर्दै खाना खुवाउने गरिएको रहेछ । उनलाई जे खान पनि मोबाइल नै हेर्ने बानी लागेछ । पानी र दुध पिउनसमेत मोबाइल देखाउनैपर्ने बाध्यता रहेछ,’ निभा भन्छिन्, ‘एबी यत्तिकैमा स्कुल जान थालिन् । स्कुलमा पनि उही समस्या भयो । तर अभिभावकले शिक्षकलाई छोरीको समस्याबारे खुलाएनन् । खानेकुरा घरबाट ल्याइदिन शिक्षकले धेरै पटक भनेका पनि रहेछन् । खाना, खाजा जसोतसो खुवाए पनि पानी भने एबीले निकै कम पिउने रहेछिन् । जसका कारण एबीलाई डिहाइड्रेसन भयो र युरिनरी ट्र्याक्ट इन्फेक्सन नै हुन पुग्यो ।’