२९ जेठ २०८२, बिहीबार



दुर्घटनाग्रस्त जहाजमा सवार थिए गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी
10Shares
अनलाइनखबर
२०८२ जेठ २९ गते १५:२१


News Summary
Generated by OK AI. Editorially reviewed.
- अहमदाबादबाट लण्डन जाँदै गरेको बोइङ एआई १७१ विमान दुर्घटनाग्रस्त भयो।
- गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी समेत सवार थिए।
- अधिक विवरण अझै प्राप्त हुन बाँकी छ।
२९ जेठ, काठमाडौं । भारतको अहमदाबादमा दुर्घटना भएको विमानमा गुजरातका पूर्वमुख्यमन्त्री समेत सवार भएको खुलेको छ । अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाज केही मिनेटमै भुइमा खसेको थियो ।
२४२ यात्रु सवार एयर इन्डियाको ड्रिमलाइनर विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेको भारतीय समाचार संस्था दैनिक भास्करले जनाएको छ ।अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाज केही मिनेटमै भुइमा खसेको थियो । भारतीय समय अनुसार १ बजेर ३८ मिनेटमा जहाज टेकअफ गरेको थियो । लगत्तै जहाज विमानस्थल बाहिर दुर्घटनामा परेको हो । अहिले उद्धारको काम जारी छ ।