नेपाली सिनेमाजगतका ख्यातिप्राप्त एक्सन स्टार बिराज भट्ट र लोकप्रिय देउडा गायक चक्र बम धनगढी आउने भएका छन्। यही चैत १५ गते ‘गोदावरी ट्रेडिङ ग्रुप प्रा लि’ अन्तर्गत सञ्चालनमा आउने ‘गोदावरी टायल्स एण्ड मार्बल’ को उद्घाटन गर्न धनगढी आउन लागेका हुन्।
यो समारोहमा एक्सन स्टार बिराज भट्ट र गायक चक्र बमको विशेष प्रस्तुति समेत रहनेछ ।
‘गोदावरी टायल्स एण्ड मार्बल’ सुदूर पश्चिमकै उत्कृष्ट हार्डवेयर स्वोरुम मध्ये एक हो जहाँ विभिन्न प्रकारका टायल्स, मार्बल तथा इन्टेरियर सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुलभ मूल्यमा उपलब्ध हुने छन् ।
साथै गोदावरी ट्रेडिङ ग्रुप प्रा लि का प्रबन्ध निर्देशक बिरेन्द्र भट्टले सम्पूर्ण ग्राहक तथा शुभेच्छुकहरू मा उद्घाटन समारोहमा उपस्थितिको लागि समेत अनुरोध गरेका छन् ।
गोदावरी टायल्स एण्ड मार्बलले स्थानीय उपभोक्तालाई गुणस्तरीय निर्माण सामग्री तथा घर सजावटका समानहरू सहज रूपमा उपलब्ध गराउने विश्वास गरिएको छ र धनगढीमा केही फरक सहित थप सेवा जनताले पाउने स्थानीयहरुले अपेक्षा गरेका छन।