बैतडी- बैतडीको सुर्नयामा एक किशोरी मृत फेला परेकी छिन्।
जिल्लाको सुर्नया गाउँपालिका ४ पालिगाडाकी १३ बर्षीया लिला साउद आफ्नै घर भित्र मृत फेला परेकि हुन् ।
आफन्त स्राेतका अनुसार आईतबार साँझ किशाेरीकाे घरभित्र झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।
उदयदेव मावि पालिगाडामा कक्षा ८ मा अध्ययनरत किशोरीकाे मृत्युको कारण भने खुलेको छैन् ।घटनाको थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।