गजल :- खोज्दै छु म । -मोहित भट्ट

गजल
‌रातिको अनध्यारो भित्र पनि उज्याको को आस खोज्दै छु म,
आफ्नै फुटेको मनभित्र हराएको सास खोज्दै छु म,
बुनिएका सपना बिलाइसके क्षणिकताको सागरभित्र,
धोकेबाज यो संसारमा बचेको बिस्वाश खोज्दै छु म।
रातिको अध्यारो भित्र पनि उज्यालोको आस खोज्दै छु म।।

‌मनका पीडा बुझने कोइ भेटिएन यो मतलबी दुनियामा,
अब म जस्तै पल पल मरेको जिउदो लास खोज्दै छु म।
आफ्नै फुटेको मनभित्र हराएको सास खोज्दै छु म।।

‌ बिए, एम ए, र पि एच डि गरि बसेका त धेरै होलान
मेरो देशमा,
तर मानवताको परिक्षामा पास खोज्दै छु म।
धोकेबाज यो संसारमा बचेको बिस्वास खोज्दै छु म।।

‌भित्र भित्रै जलि मर्नेहरुको लाइन छ हाम्रै अघि पछि
समयसङ्गै भावनाको कदर गर्ने देवदास खोज्दै छु म।
रातिको अध्यारो भित्र पनि उज्यालोको आस खोज्दै छु म।।

‌के पाउछन होला अरुको दुखमा रमाइ बस्नेहरु,
सबैको मन मन मा स्वर्शतिको बास खोज्दै छु म।
धोकेबाज यो संसारमा बचेको बिस्वास खोज्दै छु म।।

‌जिवनको अस्तित्व नै मेटाइसक्यो यो पापी समाजले
अब केवल भगवान राम जस्तै 14 बर्शे बनबास खोज्दै छु म।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *