अष्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नमा Nepalese Association of South East Melbourne (NASEM) Australia को ८ आै साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट नया कार्यसमिति चयन भएको हो।
अलौक पौडेलको अध्यक्षतामा ११ सदस्यीय नया कार्य समिति चयन भएको हो। सदस्यमा गायक नवराज कलौनी पनि चयन हुनुभएको छ। पहिले देखि नै समाज सेवामा चासो देखाउने कलौनीले समाजिक संस्था संग जोडिएर काम गर्न पाउँदा आफू खुशी भएको बताउनु भएको छ।
उक्त संस्थाले त्यस क्षेत्रमा बसोबास गर्ने नेपालिहरुलाई विभिन्न कार्यक्रम मार्फत जोड्दै नेपालि सस्कृतिको विकास र सम्बर्धन गर्दै आएको र बाल चौतारी कार्यक्रम मार्फत आफ्नो कला भाषा र संस्कृतिको जगेर्ना गर्दै आएको र आगामी दिनहरुमा थप समाजिक काममा संस्था सक्रियका साथ कार्य गर्ने गायक कलौनीले बताउनुभयो।