बैतडी। चौलानी र जमाडी नदिको संगम स्थल बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर-०६ स्थित पन्ज्युनया गाउँमा रहेको श्रीराम मन्दिरमा मर्यादा पुरुष श्रीराम भगवानको २१ फिट अग्लो मूर्ति निर्माण कार्य सम्पन्न भइ राम मन्दिरको बाह्य रङ्ग्रोगन लगायतको निर्माण कार्य भइरहेको छ, बैतडीको साबिक ढीक क्षेत्र हालको दोगडाकेदार गाउँपालिका , डिलाशैनी गाउँपालिका ,दार्चुलाको शैल्यसिखर नगरपालिका र लेकम गाउँपालिकाको तिर्थस्थलको रुपमा परिचित यस ठाउँको बारेमा स्कन्द पुराणमा समेत उल्लेख गरिएको पाइन्छ। उक्त स्थानमा परापुर्ब कालदेखी रामनवमीको दिन ठूलो मेला लागी बैतडी,दार्चुला लगायत सुदुरपश्चिमका विभिन्न स्थानबाट भक्तजनहरुको उपस्थिती भइ तिर्थ,बर्त,बिबाह लगायतका विभिन्न धार्मिक तथा पैतृक कार्यहरु सम्पन्न हुँदै आएका छ्न । यसपाली मिति २०८१-१२-२४ गते रामनवमीका दिन उक्त राममुर्तिको उद्घाटनका साथै भब्य मेला लाग्ने कुरा स्थानीयहरुले बताएका छन साथ-साथै मर्यादा श्रीराम भगवानको मन्दिरमा मुर्ती निर्माण लगायतको कार्यमा स्व -इच्छाले दान गर्न चाहनु हुने महानुभावहरुले तल दिएको नेपाल बैंक लिमिटेडको क्युआर कोडमा स्क्यान गरेर दान गर्न सक्नुहुनेछ अथवा उक्त राममुर्ती निर्माण समितिका अध्यक्ष बिरसिंह कार्कीको मोबाइल नम्बर ( 9848831273) मा सम्पर्क गर्न सक्ने समितिका सदस्यले बताए। उक्त मुर्ति निर्माणमा थुप्रै ब्याक्तित्वहरुले सहयोग गरेको छ। जसले धार्मिका आस्था संगै पर्यटनमा पनि यसले टेवा पुगाउने स्थानीयको दावी छ।
बैतडीको पन्ज्युनयामा बन्यो श्री राम भगवानको २१ फिट अग्लो मुर्ति राम नवमीका दिन उद्धघाटन गरिने
