बैतडी। पछिल्लो समय देशभरी नै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश हुनेको सङ्ख्या बढिरहेको छ। रा.स्व.पाले संगठन निर्माणमा पनि तिब्रता दिएको छ। यसै क्रममा बैतडीमा पनि रा.स्व.पामा दिनहुँ विभिन्न ब्याक्तीहरु प्रवेश गरिरहेका छन.. पाटन नगरपालिका वडा न.८ निवासी पुर्व आर्मी हवल्दार रिटायर मान बहादुर ऐर रा.स्व.पा प्रवेश गरेका छन। अनि पुर्व एमालेका सक्रिय सदस्य र पाटन नगरपालिका वडा न.८ का वडा अध्यक्षका उम्मेद्बार पनि हुन झिनो ३ मतले मात्र अध्यक्षमा पराजित भएका ऐरले पुरामा पार्टीहरुले जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै अबको बैकल्पिक शक्तिको रुपमा चिनिएको रा.स्व.पा प्रवेश गरेको हो । यसै रा.स्व.पा प्रवेश गर्नेको संख्या दिनहु बढ्दै गइरहेको छ।
लोकप्रिय नेता मानबहादुर एमाले छोडि रा.स्व.पा प्रवेश ७४ को चुनावमा मात्र ३ मतले पराजित भएका थिए।
