रा.स्व.पा मेलौली०८ कोटिगाउँ बैतडी द्वारा टोलहरुमा स्टेचरहरु वितरण

रास्ट्रिय स्वतन्त्र पार्टी बैतडी जिल्ला  मेलौली नगरपालिका ०८ कोटिगाउँका टोलहरुमा स्टेचर वितरण गरेका छन। गाउँमा रहेका सम्पुर्ण  टोलमा बिरामिहरु अस्पताल सम्म लैजान पनि बोकेर लग्न अप्ठ्यारो हुने भएकाले सवारी साधर भएको ठाउँ सडकसम्म पुर्याउन सजिलो होस भन्ने उदेश्यका साथ देश तथा बिदेशमा रहेका साथिहरुले सहयोग उठाएर उक्त कार्यक्रम गरेको राष्ट्रिय स्वतन्त्र वडा न.०८ का वडा सभापति विश्राम ठगुन्नाले बताउनु भयो। अहिलेको लागि उहाहरुले मेलौली वडा न.८ को निम्न पाँच ओटा टोलहरु क्रमशः 

१- जमाडि टोल २- गैरी टोल३- नयाँ टोल४- गाउँ टोलि ५- ल्वाँस तल्ला गाउँ टोलहरुमा करिव रु. २३,५००/- रकम बराबरका स्टेचरहरु वितरण गरेका छन र आगामी दिनहरुमा यस्ता कार्यक्रमहरुलाइ निरन्तरता दिने रा.स्व.पा सक्रिय सदस्य डम्बर ठगुन्नाले बताउनुभयो। टोलहरु स्टेचर पाउँदा गाउलेहरु बासिहरु खुशी भएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *