बैतडी सुर्नयाका साउद भारतमा गाडी दुर्घटनामा परि मृत्यु, गाउनै सोकमा

बैतडी :बैतडीको सुर्नया गाउँपालिका ८सेलाका महेश साउद भारतकाे हरियाणा पिपलिमा गाडी दुर्घटनामा परि मृत्यु भएको छ । शुक्रबार काम सकेर राती ११ बजे कोठामा फर्केने क्रममा एक्कासी गाडी दुर्घटनामा परी मृत्यु भएको भारतकाे हरियाणा रहेका सुरेन्द्र साउदले जानकारी दिनु भएको हाे ।

महेशकाे परदेशमै मृत्यु भएपछि उनको परिवार शोकमा डुवेको छ । परिवारको लालन पालन र बालबालिकाको भविश्य बनाउन परदेश पसेका महेश साउद उतै अस्ताएपछि सिगों गाउँ नै शोकमा डुबेको छ ।

मृतक साउदकाे घरमा पाँच बर्षकाे छाेरा श्रीमती बुवा रहेका स्थानी राम सिह साउदले जानकारी दिनु भयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *