बैतडी, बैतडी जिल्लाको शिवनाथ गाउपालिका वडा न.३ को वडा कार्यालयको भवनको डेन्डर बेहडा बाबा निर्माण सेवा प्रा.लि धनगढी कैलाली लाई परेको थियो जसका प्रो वा ठेकेदार दल ब. शाही थिए भवन सम्पन्न गरेको ६ बर्ष पूराभइसक्दा पनि कामदारहरुको ज्याला भने अहिलेसम्म नदिएको स्थानीय महोन सिंह साउदले बताएका छन। करिब ९० जना कामदारको ज्याला र रासन दिने ब्यपारिहरुको १६ लाख ८२ हजार ७ सय ५३ रुपया बाकी रहेको साउदले बताएले ब्लेङ्क चेक दिएर ठेकेदार अहिलेसम्म सम्पर्कमा न आएको र तत्कालीन स्थानीय सरकारमा पालिका अध्यक्ष करन ब.साउद बडामा पहिलेका वीर ब साउद र अहिलेका केशव दत्त कलौनी छन उहाहरुले पनि पहिले पैसा मिल्ने आश्वासन दिए पनि अहिले आफुहरुले केही न गर्न सक्ने भन्दै उल्टै धम्काएर पठाउने र वडा कार्यालय उद्घाटन पनि राती गरेको स्थानीयहरुको गुनासो छन। आम गरिबहरुको ज्याला मरेपछि अब चुप नबस्ने र ठेकेदार लाई कार्वाही गर्न आफुहरु प्रक्रियामा अगाडि बढ्ने र सबैले सहयोग गरिदिन मोहन सिंह साउदले अपिल गरेका छन।
बेहडाबाबा निर्माण सेवाका ठेकेदार साहिले ६ बर्षसम्म दिएनन् कामदारको ज्याला निर्माण गरेका थिए वडा भवन
