बैतडी। बैतडीकाे पाटनमा जीप दुर्घटना भएको छ ।धनगढीबाट दार्चुलाको गन्ना गइरहेको सुप प्र ०४ ००१ज १३७२ नम्बरको जीप आज बिहान करिब साडे ५ बजेको समयमा बैतडीको पाटन-६ स्थित खिपालीमा भिरमा दुर्घटना भएको हो। दुर्घटनामा परी चालकसहित ८ जना घाइते भएका छन् ।
घाइते हुनेमा बैतडीको डिलासैनी वडा न.१ का २५ वर्षका हेमन्त प्रसाद भट्ट, वर्ष ३२ का किरण बोहरा, वर्ष ५२ कि कुल्मा धामी, २७ वर्षका राजेन्द्र खत्री, २१ वर्षकी भागरती खत्री र उनकी २ वर्ष कि एलिसा खत्री, ३९ वर्षका राम कुमार राना र चालक सन्तोष राना घाइते भएका थिए तर अहिले चालक सन्तोष राना सोही ठाउका किरन बोहराको मृत्यु भएको छ।
घाइतेमध्ये कमला बोहरा हेमन्तक गम्भीर रहेको छ ।
दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीयले उद्दारमा खटिएका थिए । सबै घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएको छ । गम्भीर घाइतेहरुलाई रेफरको तयारी भैरहेको छ। घटनाको स्पष्ट कारण भने खुलेको छैन, पछिल्लो समय धेरै जीपहरु दुर्घटना भइरहेका छन यसको कारण पत्ता लगाइ न्यूनीकरणमा सम्बन्धित निकायले पहल चाल्नुपर्ने देखिन्छ।